सबैको लघुवित्तले गर्यो ३१.०५ प्रतिशत बोनस सेयर दिने घोषणा


काठमाडौं ।  सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई ३१.०५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हो ।

हिजो मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को संचित मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ३१.०५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.६३ प्रतिशत नगद गरी कुल ३२.६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृत गरि आगामी साधारण सभाबाट पारित भएपछि मात्रै सेयरधनीलाई वितरण गरिने कम्पनीले जनाएको छ ।