ओपोद्वारा रायोट गेम्ससंग २०२१ लिग अफ लेजेन्ड्स वल्र्ड च्याम्पियनशिपका लागि साझेदारी घोषणा


काठमाडौं । चिनीया स्मार्टफोन ओपोले लिग अफ लेजेन्ड्स वल्र्ड च्याम्पियनशिप २०२१ (एस११)को प्रायोजनका लागि रायोट गेम्ससंग साझेदारी घोषणा गरेको छ । ओपोले सन् २०१९ देखि रायोट गेम्ससंग हस्ताक्षर गरेको बहु बर्षिय सम्झौताको अंश भएको अंश हो ।

यो साझेदारीले ओपोलाई विश्वभरका ईस्पोर्ट्स खेलाडीहरु माझ आफ्नो ब्राण्डप्रतिको जागरुकता बढाउन सघाउने बताइएको छ ।

ओपोले यस बर्ष ब्याटलग्राउण्ड फाइनलमा राम्रो प्रदर्शन गर्ने खेलिडीहरुलाई मोस्ट भ्यालुएवल प्लेयर्स अवार्डबाट सम्मानित गर्ने जनाएको छ ।

साथै, ओपोले आफ्ना दर्शक तथा श्रोतामाझ गेमिंग हाईलाइट्स तथा ब्यवसायिक खेलाडी तथा टिमहरुका अन्तरवार्तापनि प्रस्तुत गर्ने जानकारी दिइएको छ ।

यसले दर्शक–श्रोतालाई फाइनल गेम तिरको प्रगति र ब्यवसायिक खेलाडीका बारेमा अझ जान्ने मौका प्रदान गर्ने जनाइएको छ ।

उत्कृष्टता र अभूतपूर्व अनुभव प्रदान गर्न निरन्तर प्रतिबद्ध र प्रयाशरत छौँ’, ओपोको ग्लोबल मार्केटिंगका उपाध्यक्ष तथा अध्यक्ष विलियम ल्यूले भने ।

‘पछिल्लो बर्षको सफल पार्टनरशिपका आधारमा ओपोलाई लिग अफ लेजेन्ड्स वल्र्ड च्याम्पियनशिप २०२१को प्रायोजकका रुपमा पाउँदा हामी निकै उत्साहित छौँ ।

रायोट गेम्समा ईस्पोर्ट्सका लागि ग्लोबल हेड जोन निधामले, “फाइनलमा ओपोले दर्शकका लागि प्रस्तुत गर्ने विशेष प्रस्तुति हेर्न उत्साहित छौँ ।”

यस बर्षको फाइनल्सको थिम ‘मेक÷ब्रेक’ राखिएको छ ।

मोस्ट हाई स्टेक्स प्रतिस्पर्धाका रुपमा परिचित, द लिग अफ लेजेन्ड्स वल्र्ड च्याम्पियनशिप २०२१मा ११ देश तथा क्षेत्रका उत्कृष्ट समूहहरुको सहभागिता रहनेछ ।

अक्टोबर ५मा सुरु हुने यो प्रतिस्पर्धा नोभेम्बर ६ मा एंजेभ्यागो ८, १०४ रेकेभिक, आईसल्याण्डमा आयोजना हुने फाइनल संगै समापन हुनेछ ।