इलेक्ट्रिक कार ल्याउदै स्मार्टफोन उत्पादक कम्पनी साओमी


काठमाडौं । स्मार्टफोन उत्पादनमा सफलता हासिल गर्दै गरेको चिनिया कम्पनी साओमीले कार उत्पादन गर्ने भएको छ ।

साओमीका प्रमुख कार्यकारी लेइ जुनले सन् २०२४ को दोस्रो त्रयमाससम्म आफ्नो कम्पनीको इलेक्ट्रिक (विद्युतिय)  कार बजारमा ल्याउने बताएका छन् ।

लगानीकर्ताहरूसँगको एक बैठकमा प्रमुख कार्यकारीले कार निर्माण गर्ने योजना बनाएको जानकारी दिएका थिए । साओमीका अन्तर्राष्ट्रिय बजार विभागका निर्देशक झाङ जियुयानले आफ्नो वेइबो अकाउन्टबाट यस विषयमा सार्वजनिक गरेका हुन् ।
कम्पनीले विद्युतीय वाहन विभागको घोषणा यो वर्षको सुरुमा गरेका थियो ।

मार्च महिनामा साओमीले नयाँ विद्युतीय कार विभागमा १० अर्ब अमेरिकी डलर बराबरको लगानी लगाउने प्रतिबद्धता व्यक्त गरेको थियो ।
यो लगानी आगामी दश वर्षमा गरिने योजना कम्पनीले सार्वजनिक गरेको थियो ।

कम्पनीले विद्युती वाहनको व्यवसायिक दर्ता गत अगस्टमा पूरा गरेको थियो ।