ह्वावेद्वारा कुवेती कम्पनी जैनसँग फाइभ जी पूर्वाधार विस्तारका लागि सम्झौता


काठमाडौं । चिनियाँ टेक्नोलोजी कम्पनी ह्वावेले कुवेतको डिजिटल सेवा प्रदायक कम्पनी जैनसँग फाइभ जी पूर्वाधार विस्तार सम्बन्धी एक सम्झौतामा हस्ताक्षर गरेको छ ।

फाइभ जी पूर्वाधार इन्टरनेट सेवाको क्षेत्रमा अहिलेसम्म सर्वाधिक उन्नत प्रविधिको रूपमा मानिएको छ । यो नेटवर्कले उपयोगकर्तालाई गुणस्तरीय सेवा उपलब्ध गराउँछ । सोही उद्देश्य पूरा गर्न जैनले यो सम्झौता गरेको हो ।

कुवेत बजारमा यो क्रान्तिकारी प्रविधिको व्यापारिक सञ्चालन गर्ने कम्पनी जैन हुन पुगेको हो ।

जैनले खाडी क्षेत्र सूचना प्रविधि प्रदर्शनी सप्ताह २०२१ (जिटेक्स टेक्नोलोजी विक २०२१) मा सहभागिता जनाइरहेको बेला जैन कुवेतका प्रमुख कार्यकारी इमान अल रुधान र मध्यपूर्व ह्वावे व्यवसायका अध्यक्ष अन जिआनको उपस्थितिमा यो सम्झौतामा हस्ताक्षर भएको हो ।

दुबइको विश्व व्यापार केन्द्रद्वारा युएईमा आयोजित जिटेक्समा विश्वका ठूला टेक्नोलोजी कम्पनीहरू सहभागिता थियो ।

यो साझेदारीका बारेमा जैन कुवेतका प्रमुख कार्यकारी इमान अल रुधानले टिप्पणी गर्दै भने “ टेक्नोलोजी क्षेत्रमा हामीले आज हाम्रा रणनीतिक साझेदारहरूको विस्तार गरेका र्छौ । हामीले हाम्रा उपभोक्तालाई सर्वाधिक उन्नत सेवा उपलब्ध गराउन गरेको वाचा पूरा गर्न यो साझेदारी गरेका छौं । जैन सदैव विश्व स्तरीय समाधान हाम्रा उपभोक्तालाई उपलब्ध गराउन अभिप्रेरित  हुन्छौं ।”

यो सम्झौताले फाइभ जीलगायतको टेक्नोलोजी, फिक्स्ट वायरलेस पहुँच र स्टान्ड एलोन नेटवर्क जस्ता प्रविधिको सुविधा जैनले उपलब्ध गरान सक्ने उनले बताए ।

यो सम्झौताले देशमा उपलब्ध गराउँदै आएको डिजिटल सेवालाई धेरै राम्रो अवस्थामा रूपान्तरण गर्न सहयोग पुर्‍याउँछ ।

यो सम्झौताबाट निजी तथा सार्वजनिक क्षेत्रका टेक्नोलोजीलाई ग्रिन फाइभ जीबाट रुपान्तरण गरिने छ । यसबाट ऊर्जाको बचत गरिने र सक्षमता अभिवृद्धि हुने छ । यसबाट दीगो वृद्धि प्राप्त हुन्छ ।

जैनले कुवेतमा डिजिटल सेवा सफलतापूर्वका दिँदै आएको हो ।ह्वावेले दुबईमा स्थापना गरेको ग्लोबल मोबाइल ब्रोडब्यान्ड फोरमको १२ एडिसनको हिस्सेदारको रूपमा जैनले फाइभ जीको विस्तार गर्ने भएको छ ।

जैनको रणनीति कुवेतमा डिजिटल रूपान्तरणका लागि र अगुवाइ गर्न यो सम्झौता गर्नु रहेको छ । कुवेतको टेलिकम र आइटी क्षेत्रमा यसले विभिन्न तहमा रणनीतिक साझेदारी गर्नेछ ।