यसरी सजिलै हेर्नुस् मध्य भोटेकोशीको आइपीओको नतिजा


काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनीको लिमिटेडको आइपीओको आज विहानै बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमआई क्यापिटलको कार्यालयमा विहान ९ बजे नै बाँडफाँड सम्पनन्न भएको हो ।

कम्पनीले असोज २० गतेदेखि असोज २५ गते सम्म सर्वसाधारणको लागि साधारण सेयर निष्काशन तथा बिक्री खुला गरेको थियो ।
मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियो । अन्तिम दिनसम्म २३ लाख ९० हजार २ सय १८ जना आवेदकले आवेदन दिएका थिए ।

जसमध्ये ९५ हजार ७ सय २२ जनाको आवेदन रद्द भएको छ । योग्य आवेदकको संख्या २२ लाख ९४ हजार ४ सय ९६ जना रहेको थियो । जस अनुसार ८ लाख १९ हजार जनाले मात्र १० कित्ताको दरले सेयर प्राप्त गरेका छन् । बाँकी १५ लाख ७१ हजार २ सय १८ जना आवेदकको हात खाली भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।

यसरी हेर्नुहोस नतिजा
आईपीओ बाँडफाँडको काम सम्पन्न भईसकेको भएपनि डाटा अपलोड गर्न केही समय लाग्ने भएकाले आईपीओको नतिजा हेर्न भने केही समय कुर्नुपर्ने बताएको थियो । अब सर्भरमा रिजल्ट सार्वजनिक भइरहेको हुनाले निम्नअनुसारको लिंकमा गएर सहजै नतिजा हेर्न सकिने क्यापिटलले जनाएको छ ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएको वेभसाइट (https://iporesult.cdsc.com.np/)
ग्लोबल आईएमइ क्यापिटलको वेभसाइट (https://www.globalimecapital.com/)
मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको वेभसाइट (http://mbjcl.com.np/site/index.php)