विप्रेषण रकम बैंक तथा वित्तीय संस्थाहरुमा जम्मा गरे ब्याज पाउने


काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपालीले विप्रेषण रकम बैंक तथा वित्तीय संस्थाहरुमा जम्मा गरे ब्याज पाउने भएका छन् ।

२०७८/७९ को पहिलो त्रैमासिक मौद्रिक नीति समिक्षामा बैंक तथा वित्तीय संस्थाहरुमा जम्मा गरेमा न्यूनतम १ प्रतिशत बिन्दुमा थप ब्याज पाउने व्यवस्था कार्यान्वयनमा आएको हो ।

वाणिज्य बैंकहरुले कृषि र उर्जामा थप ऋणपत्र निष्काशन गर्र्ने प्रक्रिया अघि बढाएका छन् ।  कृषि र उर्जा क्षेत्रको विकासमा दीर्घकालीन साधन परिचालन गर्ने उद्देश्यले वाणिज्य बैंकहरुले ऋणपत्र थप निष्काशन गर्न लागेका हुन् ।