आरएमडीसी लघुवित्तले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने घोषणा


काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । सस्थाले गत आर्थिक वर्षको संचित मुनाफाबाट आफ्ना सेयर धनीलाई २५ प्रतिशत लाभांश घोषणा गरेको हो ।

सस्था आज मंसिर १५ गते, बुधबार बिहान बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

समितिले प्रस्ताव गरेको उक्त लाभांश राष्ट्र बैंकबाट स्विकृत भई र संस्थाको आगामी साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीलाई वितरण गरिने संस्थाले जनाएको छ ।