२५ सय भन्दा तल झर्यो सेयर बजार


काठमाडौं । नेपाल स्टक एक्सचेन्जका अनुसार सेयर बजार २५ सय तल झरेको छ । सोमबार कारोबारको सुरुवाती समयमै ओरालो लागेको बजार प्रि ओपन सेसनमा २९ अंकले घटेर २५ सय भन्दा तल झरेको छ ।

नेप्सेमा यो समाचार तयार पार्दा सम्म सेयर बजार ३०.८० अंकले घटेर २४८३.०८ अंकमा झरेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक पनि ४.४० अंकले घटेर ४६८.९५ अंकमा पुगेको छ ।