नेप्से ३२ अंकले बढ्दा सबै उपसमुहमा छायो हरियाली


काठमाडौं । केही दिन देखि लगातार घट्दै आएको सेयर बजार दोहोरो अंकले बढेको छ । कारोबारको सुरुवाती समय देखिनै घट्दै आएको कारोबार खुलेको २ घण्टामा झण्डै ८० अंकले घटेको नेप्से परिसूचक ३२.२२ अंकले उकालो लागेको छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा सार्वजनिक गरेपछि बजार निरन्तर घटिरहेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ३२.२२ अंकले बढेर २५४६.०९ अंकमा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक पनि ७.६३ अंकले बढेर ४८०.९८ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको सेयर बढेको छ । सबैभन्दा धेरै विकास बैंक समूह बढेको छ ।
सोमबार कारोबार रकमको आधारमा नबिल बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको १७ करोड १५ लाख ९३ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आज मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

यस दिन जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको लगानीकर्ताहरूले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयर मूल्य ६.८८ प्रतिशतले घटेको छ ।

कूल २२७ वटा कम्पनीको ९४ लाख ७१ हजार ३ सय ११ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ५४ करोड २३ लाख ४५ हजार २ सय ७१ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।