लाइफ इन्स्योरेन्सद्वारा २० प्रतिशत बोनस सेयर घोषणा


काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्षको संचित लाभांशबाट आफ्ना सेयरधनीाई २१.५२ प्रतिशत लाभांश घोषणा गरेको छ ।

कम्पनीको हिजो ९पौष ८ गते, (बिहीबार) बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीको शेयरधनीहरूलाई चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद गरी कूल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

साथै वासलात मितिमा कायम रहेको चुक्ता पुँजीको आधारमा प्रस्तावित लाभांश २३.१५७८९४७२६ ५ हुने र सो मध्ये २२ ५ बोनस सेयर र १.१५७८९४७२६ ५ नगद लाभांश हुने कम्पनीले जनाएको छ ।

उक्त प्रस्तावित लाभांश बीमा समिति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ ।