मंगलबार नेप्सेमा सामान्य गिरावट


काठमाडौं । सेयर बजारमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक २.६६ अंकले घटेर २५१८.९९ अंकमा झरेको छ । त्यस्तै राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ सूचक पनि ०.९ अंकले घटेर ४७०.९८ अंकमा झरेको छ ।

मंगलबार नेप्सेमा कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ६ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी ७ वटा उपसमूहको सेयर घटेको छ ।

आज कारोबार रकमका आधारमा हिमालयन डिष्टीलरीको अग्रस्थानमा रहेको छ । कम्पनीको २६ करोड ३९ लाख ४३ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

मंगलबार पनि मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

त्यस्ते आज गोर्खाज फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले घटेको छ ।

कूल २३० वटा कम्पनीको ५८ लाख २८ हजार ७ सय ८३ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब १२ करोड ५५ लाख ७५ हजार ६ सय ३२ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।