सिटिजन्स बैंकको खुद मुनाफा ४१.६० प्रतिशतले बढ्यो


काठमाडौं । सिटिजन्स बैंकले आफ्नो वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले आज सार्वजनि गरेको चालु आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार दोस्रो त्रैमाससम्ममा १ अर्ब भन्दा बढी खुद मुनाफा कमाएको छ ।

विवरण अनुसार बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म १ अर्ब २३ करोड नाफा कमाएको छ । जुन गत वर्ष सोही अवधीको तुलनामा ४१.६० प्रतिशतले धेरै हो गत आर्थिक वर्ष सोही अवधीमा बैंकले ८७ करोड ५१ लाख मात्रै नाफा कमाएको थियो ।

अघिल्लो वर्ष १ अर्ब १६ करोडमा सीमित संचालन मुनाफा बढेर १ अर्ब ६९ करोड पुगेको छ ।

यो अवधिका लागि वितरणयोग्य मुनाफा ७४ करोड ५९ लाख रुपैयाँ रहेको छ ।

गत वर्ष सोही अवधीको तुलनामा खुद व्याज आम्दानी पनि ४८ प्रतिशतले बढेर २ अर्ब ३९ करोड पुगेको छ । गत वर्ष सोही अवधिमा बैंकले १ अर्ब ६१ करोड खुद व्याज आम्दानी गरेको थियो ।

गत वर्ष सोही अवधीको तुलनामा २.४२ प्रतिशत रहेको खराब कर्जा यस वर्ष सोही अवधीमा घटेर १.८७ प्रतिशतमा झरेको छ ।

समीक्षा अवधिमा बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी १७.४५ रुपैयाँ रहेको छ भने सीडी रेसियो ८९.६९ प्रतिशत र प्रतिसेयर नेटवर्थ १३८.८४ रुपैयाँ रहेको छ ।