जेठमा चुनाव हुने चर्चासँगै उर्लियो सेयर बजार, ४ कम्पनीको सेयरमूल्यमा सकरात्मक सर्किट


काठमाडौं । साताको कारोबारको पहिलो दिन सेयर बजारमा उछाल आएको छ । आगामी जेठभित्र सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिने निर्णय गरेसँगै साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक १०० अंकले बढेको छ ।

बालुवाटारमा शनिबार सम्पन्न गठबन्धनको बैठकले जेठभित्र चुनाव सम्पन्न गर्न ५ दलीय संयन्त्र मार्फत् सरकारलाई सुझाव दिने निर्णय गरेको थियो । त्यसैको सकारात्मक प्रभाव आज बजारमा देखिएको सेयर विश्लेषकहरु बताउँछन् ।

नेपाल स्टक एक्चेन्जका अनुसार सेयर मापक सूचक नेप्से परिसूचक आइतबार ६५.७३ अंकले बढेर २८४५ दशमलव ७१ बिन्दुमा पुगेको छ । नेप्से २.३६ प्रतिशतले बढेको हो ।

आइतबार नेप्सेमा कारोबारमा आएका सबै उपसमुहरुमा हरियाली छाएको छ । आज सबैभन्दा धेरै ६.५६ प्रतिशतले डेभलपमेन्ट बैंक समुह बढेको छ ।

आज नेप्सेमा कारोबार रकमका आधारमा अपि पावर कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको २६ करोड १५ लाख ६१ हजार ३४ रुपैयाँको कारोबार भएको छ ।

आइतबार नेप्सेमा ४ वटा कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै मुनाफा कमाएका छन् । विन नेपाल लघुवित्त, लिबर्टी इनर्जी कम्पनी लिमिटेड, शिव श्री हाइड्रोका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका हुन् । यी कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकात्मक सर्किट लागेको छ ।

त्यस्तै नेप्सेमा आज ९.५ प्रतिशत मन्जुश्री फाइनान्स लिमिटेड ऋणपत्र २०८५ का लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । उक्त ऋणपत्रको सेयर मूल्य ३.२३ प्रतिशतले घटेको छ ।

कुल २३१ कम्पनीको १ करोड २१ लाख ५५ हजार ४ सय ३२ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३२ करोड ४२ लाख ७४ हजार ३८ रुपयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।