स्वरोजगार लघुवित्त वित्तीय संस्थाको नाफा बढ्यो


काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासमा ९ करोड १ लाख ७४ हजार ३३० रुपैँया खुद नाफा आर्जन गरेको छ । लघुवित्तले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणमा नाफा देखाएको हो ।

नाफा गत वर्षको तुलनमा ३०.२४ प्रतिशतले बढेको विवरणमा देखाएको छ । गत वर्षको दोस्रो त्रैमासमा स्वरोजगार लघुवित्तले ६ करोड ६१ लाख ८६ हजार ७० रुपैँया खुद नाफा कमाएको थियो ।

यस लघुवित्तले २ अर्ब ९१ करोड १० लाख ७६ हजार ६८० निक्षेप संकलन गरेको छ । निक्षेप संकलन अघिल्लो वर्षको तुलनामा ३०.७८ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोहि अवधिमा लघुवित्तको निक्षेप संकलन २ अर्ब २२ करोड ५७ लाख ७६ हजार ७७० रुपैँया निक्षेप संकलन गरेको थियो ।

स्वरोजगार लघुवित्तले ३ अर्ब ५२ करोड ८४ लाख ८६ हजार बैंक तथा वित्तीय संस्थाबाट सापटी लिएको छ । यो अघिल्लो वर्षको तुलनामा ७९.६८ प्रतिशतले बढि हो । अघिल्लो वर्ष सोहि अवधिमा १ अर्ब ९६ करोड ३६ लाख ८० हजार रुपैँया सापटी लिएको थियो ।

लघुवित्तले ७ अर्ब ६ करोड ६४ लाख ६९ हजार रुपैँया कर्जा लगानी गरेको छ । अघिल्लो वर्ष सोही अवधिमा ४ अर्ब ७७ करोड १९ लाख १४ हजार रुपैँया कर्जा लगानी गरेको थियो । कर्जा लगानी ४८.०८ प्रतिशतले वृद्धि भएको विवरणमा जनाइएको छ ।

यस लघुवित्तले २१ करोड ३३ लाख ५ हजार खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष सोहि अवधिमा १३ करोड ५७ लाख ६३ हजार रुपँैया खुद ब्याज आम्दानी गरेको थियो । अघिल्लो वर्षको तुलनामा खुद ब्याज आम्दानी ५७.१२ प्रतिशतले बढि हो । स्वरोजगार लघुवित्तको चुक्ता पूँजी ५१ करोड ४० लाख ९९ हजार रुपैँया रहेको छ ।

लघुवित्तको जगेडा कोषमा १८ करोड ३५ लाख ५४ हजार रुपैँया रहेको छ । यस लघुवित्तको खराब कर्जा अघिल्लो वर्षको तुलनामा बढेको छ । अघिल्लो वर्ष दोस्रो त्रैमासमा २.७९ प्रतिशत रहेको खराब कर्जा बढेर २.९२ प्रतिशत पुगेको छ । प्रतिशेयर आम्दानी वार्षिक ३५ रुपैँया ८ पैसा रहेको यसको प्रतिशेयर नेटवर्थ १३५ रुपैँया ७ पैसा रहेको छ ।