फरवार्ड माइक्रोफाइनान्सको खुद मुनाफा १०३ प्रतिशतले बढ्यो


काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्ष ०७८/७९को दोस्रो त्रैमासमा खुद मुनाफामा छालाङ आएको छ । संस्थाले आज सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार दोस्रो त्रैमाससम्ममा संस्थाको खुद नाफामा १०३.५८ प्रतिशतले वृद्धि भएको छ ।

वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले ४५ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत वर्षको यही अवधिको तुलनामा १०३.५८ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले २२ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

गत वर्ष सोही समिक्षा अवधिमा यस्तो मुनाफा ३५ करोड ३५ लाख रुपैयाँ रहेको कम्पनी संचालन मुनाफा १००.२९ प्रतिशतले बढेर ७० करोड ८२ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी २२.७३ प्रतिशतले बढेर ७३ करोड ८२ लाख रुपैयाँ भएको छ । गत वर्ष यही अवधिमा यस्तो आम्दानी ६० करोड १५ लाख रुपैयाँमा सीमित थियो ।

गत वर्ष सोही अवधीमा १ अर्ब १० करोड रुपैयाँ रिजर्भ रहेको संस्थाको यस वर्ष सोही अवधीमा ५५.८७ प्रतिशतले बढेर १ अर्ब ७१ करोड रुपैया पुगेको छ ।

समीक्षा अवधिमा संस्थाले खराब कर्जा घटाएर्र २.११ प्रतिशतमा झार्न सफल भएको छ । गत वर्ष सोही अवधीमा खराब कर्जा ४.९६ प्रतिशत थियो।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) बढेर १४६.४७ रुपैयाँ पुगेको छ । पीई रेसियो १४.९२ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ ३७४.८२ रुपैयाँ रहेको छ।