खर्च नहुने भन्दै सरकारले घटायो बजेटको आकार !


काठमाडौं । सरकारले अर्ध वार्षिक समिक्षा मार्फत बजेट संशोधन गरेको छ ।

बिहीबार अर्थ मन्त्रालयमा अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले चालु आवमा १५ खर्ब ४६ अर्ब रुपैयाँ मात्र खर्च हुने भन्दै ८६ अर्ब ५५ करोड बजेट घटाएका हुन्।

सरकारले १० खर्ब ३५ अर्ब ४६ करोड चालु खर्च गर्ने र ३ खर्ब ४० अर्ब ३२ करोड पुँजीगत खर्च गर्ने जनाएको छ ।

यसअघि ३ खर्ब ८७ अर्ब १० करोड पुँजीगत खर्च गर्ने लक्ष्य राखेको थियो । प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री शर्माले प्रदेश, संघ र स्थानीय तहले कस्तो आयोजना बनाउने त्यसमा स्पष्ट मापदण्ड आवश्यक आवश्यक भएको बताए।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेट (१६ खर्ब ४७ अर्ब ५७ करोड) लाई अर्थमन्त्री जनार्दन शर्माले संसोधन गरेर १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ कायम गरेका थिए ।