नेप्सेमा थपियो ८५ लाख कित्ता बोनस सेयर


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको १० प्रतिशत बोनस बापतको ८५ लाख ७२ हजार २ सय ३० दशमलव ८१ कित्ता सेयर सूचिकृत भएको हो ।

बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.०६ प्रतिशत नगद गरी कुल १३.०६ लाभांश वितरण गर्ने घोषणा गरेको छ ।