नेप्सेमा दोहोरो अंकको वृद्धि, नेपाल टेलिकमको सर्वाधिक कारोबार


काठमाडौं । आज सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (सोमबार) सेयर कारोबार मापक नेप्से परिसूचक २५.४१ अंकले बढेर २७१८.५१ अंकमा पुगेको छ ।त्यस्तै सेन्सेटिभ परिसूचक पनि ५.१५ अंकले बढेर ५१८.७९ अंकमा पुगेको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको सेयर बढेको छ ।

सोमबार कारोबार रकमका आधारमा नेपाल टेलिकम अग्रस्थानमा रहेको छ । कम्पनीको २६ करोड ५० लाख १३ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

नेप्सेमा आज युनाइटेड ईदी मार्दीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

त्यस्ते आज नबिल डिबेञ्चर २०८५ को मूल्य सबैभन्दा धेरै घटेको छ । उक्त डिबेञ्चरको मूल्य १.९५ प्रतिशतले घटेको छ ।

कूल २२४ वटा कम्पनीको ४९ लाख ९२ हजार ८ सय ७९ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ९९ करोड ७६ लाख ८१ हजार रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।