४३ अंकले घट्यो नेप्से, अपिको सबैभन्दा धेरै कारोबार


काठमाडौं । साताको दोस्रो कारोबारको दिन (सोमबार) सेयर बजारमा दोहोर अंकको गिरावट आएको छ । नेप्से सोमबार ४३.१२ अंकले घटेर २६१०.५८ झरेको छ । सेन्सेटिभ परिसूचक पनि ६.६४ अंकले घटेर ५००.२१ अंकमा झरेको छ ।

नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये सबै राताम्मे भएका छन् । सबैभन्दा धेरै अपि पावर कम्पनी लिमिटेडको १६ करोड ९ लाख ९९ हजार ८४५ रुपैँया बराबरकोे कारोबार भएको छ ।

सोमबार सबैभन्दा धेरै एनआइसी एसिया डिबेन्चरका लगानीकर्ताले कमाएका छन् । कम्पनीको सेयर मूल्य २ प्रतिशतले बढेको छ । सामलिङ पावर कम्पनी लिमिटेड र तेह्रथुम पावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतल गिरावट आएको छ ।

सोमबार कुल २२७ कम्पनीको ७८ लाख ३४ हजार ९१५ सेयर खरिदबिक्री हुँदा ३ अर्ब ६६ करोड १ लाख ८९ हजार ८६८ रुपैँया बराबर कारोबार भएको नेप्सेले जनाएको छ ।