इमर्जिङ नेपालको आइपीओ आजदेखि दोस्रो बजारमा कारोबार सुरु


काठमाडौं । धितोपत्र दोस्रो बजारमा आज आइतबारबाट इमर्जिङ नेपाल लिमिटेडको सेयर कारोबार खुलेको छ । आइतबार कम्पनीको सेयर २८७.१० रुपैयाँमा पहिलो कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तोकेको ओपनिङ रेन्जभित्र स्पेसल प्रि–सेसनमा यो कम्पनीको सेयर किनबेच भएपछि नियमित समयका लागि कारोबार खुलेको हो ।

उक्त आइपीओ गत शुक्रबार सुचिकृत भएसँगै नेप्सेले पहिलो कारोबारका न्यूनतम १०५.११ रुपैयाँदेखि अधिकतममा ३१५.३३ रुपैयाँ ओपनिङ रेन्ज दिएको थियो। यो कम्पनीको कारोबार संकेत भने ‘ईएनएल’ रहेको छ ।

इमर्जिङ नेपालले गत माघ २६ गतेबाट फागुन १ गतेसम्म ५ करोड ५५ लाख ६० हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ बिक्री गरेको थियो।