नेप्सेमा सामान्य गिरावट, खुम्चियो कारोबार रकम


काठमाडौं । साताको कारोबारको पहिलो दिन सेयर बजारमा सामान्य गिरावट आएको छ । विगत केही दिनदेखि निरन्तर घट्दै गएको सेयर बजारले आज पनि निरन्तरता दिएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार सेयर मापक सूचक नेप्से परिसूचक ३.६६ ले घटेर २५४३.३९ अंकमा झरेको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक भने १.१३ अंकले बढेर ४९०.१३ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका १३ उपसमुहमध्ये ४ वटा उपसमुहमा हरियाली छाएको छ भने अरु ९ वटा उपसमुहमा राताम्ये बनेका छन् ।
नेप्सेमा आज कारोबार रकमको आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रहेको छ । कम्पनीको १५ करोड २२ लाख ८२ हजार २२ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा मैलुङखोला जलविद्युत् कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमुलय ७ प्रतिशतले बढेको छ ।

त्यस्तै आजको दिन शिवम् सिमेन्टका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ७ प्रतिशतले घटेको छ ।

कुल २३० कम्पनीको ५१ लाख ३९ हजार २ सय ३९ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ४९ करोड ३२ लाख ४१ हजार २ सय ७२ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।