राष्ट्र बैंकले गर्यो सुन आयातमा कडाइ


काठमाडौं । नेपाल राष्ट्र बैंकले सुनको आयातमा कडाइ गरेको छ । राष्ट्र बैंकले आइतबार एकीकृत परिपत्र २०७८ संशोधन गर्दै अब दैनिक १० किलो ग्राम मात्र आयात गर्न सकिने बनाएकाे हो ।

यसभन्दा अघि दैनिक २० किलो ग्राम आयात गर्न सकिने व्यवस्थामा घटाएर दैनिक १० किलो ग्राम कायम गरेको राष्ट्र बैंकले जनाएको छ ।

एकिकृत परिपत्र २०७८ को एकिकृत इ.प्रा. परिपत्रः ०३/२०७८ को सुन आयात तथा विक्री वितरण सम्बन्त्री कार्यविधि, २०६८ को दफा ४ (क) लाई संशोधन गर्दै आयात गर्न सकिने सुनको दैनिक परिमाण हाललाई १० किलो ग्राम कायम गरेकाे हाे ।

नेपाल राष्ट्र बैंकले तोकेको परिमाण र प्रकृया बमोजिम सुन आयात हुँदै आइराखेको छ भने त्यसको व्यवस्था नेपाल बैंकर्स संघले मिलाइराखेको छ ।

नेपाली बजारमा आइतबार सुनको मूल्य १ लाख १ हजार ९ सय कायम रहेको छ ।