एनसेलको अल नेपाल भ्वाइस प्याक अफर


काठमाडौं । एनसेल आजियाटा लिमिटेडले ‘अल नेपाल भ्वाइस प्याक’ अफर संचालनमा ल्याएको छ । एनसेलका ग्राहकले अब नेपालका जुनसुकै नेटवर्कमा सस्तो दरमा भ्वाइस कल कल गर्न सक्ने कम्पनीले जनाएको छ । यो अफर अन्तर्गत प्रिपेड ग्राहकले प्रति मिनेटमा ५१ पैसामा भ्वाइस कल गर्न सक्नेछन् ।

कम्पनीका अनुसार यस अफरमा प्रिपेड ग्राहकका लागि ६ वटा भ्वाइस प्याकहरू उपलब्ध छन् । सोमबारदेखि संचालनमा आएको अफर अन्तर्गत ग्राहकले कर सहित १४ रुपैँयादेखि ३८५ रुपैँया सम्म शुल्क पर्ने १ दिन, ३ दिन, ७ दिन, १४ दिन वा २८ दिन समयसिमा भएका प्याकहरूबाट फाइदा लिन सक्नेछन् । भ्वाइस प्याक मार्फत अन्य नेटवर्कमा कल गर्दा बढि शुल्क नलाग्ने एनसेलले जनाएको छ ।

ग्राहकले १ दिनमा १४ मिनेट सबै नेटवर्कमा भ्वाइस सेवा कर सहित १४ रुपैँयामा लिन सक्नेछन् भने ३ दिन समयसिमा रहेको ६५ मिनेट टक टाइम ४५ रुपैँयामा सुचारु गर्न सक्नेछन् । त्यसैगरी ९४ रुपैँयामा ७ दिन समयसिमा रहेको १५० मिनेट टक टाइम खरिद गर्न सकिन्छ । प्रिपेड ग्राहकले एष्ट्रिक्स१७११८एष्ट्रिक्स ३ ह्यास डायल गरि भ्वाइस प्याक छनोट गरि सुचारु गर्न सक्ने कम्पनीले जनाएको छ ।

धेरै समयसिमा सहितको धेरै मिनेटको टक टाइम चाहिने ग्राहकका लागि १४ दिनको समयसिमा रहेको २२५ मिनेट टक टाइमको भ्वाइस प्याक सुचारु गर्न सक्नेछन् । कम्पनीका अनुसार २८ दिन समयसिमा रहेको दुई वटा अन्य प्याकहरु पनि छन् जस अन्तर्गत ग्राहकले २६५ रुपैँयामा ४७५ मिनेट टक टाइम र ३८५ रुपैँयामा ७५० मिनेट टक टाइम रहेको भ्वाइस प्याक किन्न सकिने छ ।