बैंक अफ काठमाण्डूले १ अर्ब १० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्दै


ठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले ऋणपत्र जारी गर्ने भएको छ । बैंकले १ हजार अंकित दरमा १ अर्ब १० करोड रुपैयाँ बराबरको ११ लाख कित्ता “बि.ओ.के.डिबेन्चर २०८६ (क)”, ऋणपत्र जारी गर्ने भएको छ ।

त्यस्तै कम्पनीले उक्त ऋणपत्र जारी गर्न एनआईबिएल एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

उक्त सम्झौतामा बैंक अफ काठमाण्डू लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रवण लाल मास्के र एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले चैत २ गते हस्ताक्षर गरेका छन् ।

उक्त ऋणपत्रको अवधि ७ वर्ष रहेको र ब्याजदर १०.५० प्रतिशत रहेको छ ।