तारागाउँ रिजेन्सी होटल्सले बोलायो साधारण सभा, सेयरधनीलाई लाभांश नदिने


काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेड (हायात)ले वार्षिक साधारणसभा आवहन गरेको छ । कोभिडका बीच नोक्सानी ब्यहोरेको होटलले लाभांश वितरण गर्न नसक्ने अवस्था आएपछि बिना लाभांश चैत्र २७ गते कम्पनीको २५ औं वार्षिक साधारण सभा आह्वान गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को आर्थिक वर्षको मूनाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश प्रस्ताव गरेको छैन ।
फागुन २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले तारागाउँ रिजेन्सी होटल्स लिमिटेड, रजिष्टर्ड कार्यलय बौद्ध काठमाण्डौमा बिहान ११ बजे अनलाईन माध्यामबाट सभा बोलाउने निर्णय गरेको हो ।

सभामा कम्पनीकोे सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण र लेखा टिप्पणीहरु स्वीकृत गर्ने लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्नेछ ।

सभाले त्यस्तै कम्पनीको प्रबन्ध सञ्चालक र कार्यकारी सञ्चालकको पुनः नियुक्तीलाई अनुमोदन गर्ने तथा कम्पनीको आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण पनि गर्नेछ ।

सभामा आईसिटिसी होल्डिङ्ग कम्पनी प्रालिबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक श्रीमती दिजा श्रेष्ठको स्थानमा जयादिन श्रेष्ठको नियुक्तीलाई अनुमोदन गर्ने एजेण्डा पनि रहेको छ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले चैत्र १२ गते शनिबारदेखि चैत्र २७ गते आइतबारसम्म सेयर दाखिल खारेजी (बुकक्लोज) गर्ने मिति तोकेको छ । यसर्थ चैत्र २६ गतेसम्म कायम सेयर धनी उक्त साधारण सभामा सहभागी हुन पाउनेछन् ।