अभियान लघुवित्तको अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न


पोखरा । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ ।

फाल्गुण २९ देखि चैत्र १ सम्म पोखरामा सञ्चालन भएको गोष्ठीमा सातवटै प्रदेशका ६० वटा शाखा प्रमुख, अनुगमन अधिकृत तथा विभागीय प्रमुखहरूको सहभागिता रहेको थियो ।

गोष्ठीमा आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडका नायब प्रमुख कायृकारी अधिकृत पृथ बहादुर थापा तथा चार्टड एकाउन्टेन्ट्स जगदीश्वर देवकोटाले वित्तीय विश्लेषण, कर्जा व्यवस्थापन लगायत लघुवित्त सम्बन्धी समसामयिक विषयमा विषयगत तालिम दिएका थिए । त्यसैगरी संस्थाका विभागीय प्रमुखहरूले विभागसँग सम्बन्धित विभिन्न विषयमा सहजीकरण गरेका थिए ।

गोष्ठीको समापन गर्दै संस्थाका अध्यक्ष बाबुराम थापाले गोष्ठीले शाखा प्रमुखहरूमा नयाँ उर्जा थप गरेको विश्वास व्यक्त गरे । गोष्ठीबाट संस्थाको लक्ष्य प्राप्तिका साथै शाखा प्रमुखहरूको क्षमता अभिवृद्धिमा समेत महत्वपूर्ण योगदान पुग्नेसंस्थाका कार्यकारी प्रमुख रोशन कुमार अधिकारीले विश्वास व्यक्त गरे ।