नेप्सेमा १७ अंकको वृद्धि, नेपाल टेलिकमको सर्वाधिक कारोबार


काठमाडौं । केही दिनपछि साताको दोस्रो दिन आज सेयरबजारमा हरियाली छाएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (सोमबार) सेयर कारोबार मापक नेप्से परिसूचक १७.९९ अंकले बढेर २६३४.५७ अंकमा पुगेको छ । यता सेन्सेटिभ परिसूचक पनि १.८८ अंकले बढेर ४९६.२६ अंकमा पुगेको छ ।

नेप्सेमा आज कारोबार भएका कूल १३ उपसमूहमध्ये आज २ वटा उपसमूह अर्थात् अन्य समूह र होटल तथा पर्यटन समूह बाहेक बाँकी सबै उपसमूहको सेयर बढेको छ ।

सोमबार नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । टेलिकमको २० करोड ९४ लाख ५७ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज २ वटा उपसमूह अर्थात् अन्य समूह र होटल तथा पर्यटन समूह बाहेक बाँकी सबै उपसमूहको सेयर बढेको छ ।

सोमबार नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । टेलिकमको २० करोड ९४ लाख ५७ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

त्यस्तै आज राष्ट्रिय बीमा कम्पनीको संस्थापक समूहको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको संस्थापक सेयरको मूल्य ६.७१ प्रतिशतले घटेको हो ।

कूल २३१ वटा कम्पनीको ५१ लाख ८९ हजार ८३ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ५९ करोड २७ लाख १८ हजार एक सय ३१ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।