आइतबार नेप्सेमा ६० लाख कित्ता सेयर सूचिकृत


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीको झन्डै ६० लाख कित्ता सेयर सूचीकृत भएको छ।

नेप्सेमा एसियन लाइफ इन्स्योरेन्स र सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको कुल ५९ लाख ३० हजार ४७०.२२ कित्ता बोनस सेयर सूचीकृत भएको हो।

जसमा एसिन लाइफको ५२ लाख ९० हजार ७४२.७२ कित्ता र सबैको लघुवित्तको ६ लाख ३९ हजार ७२७.५० कित्ता बोनस सेयर छन्।

यी दुवै कम्पनीको आफ्ना सेयरधनीहरुलाई वितरण गरेको बोनस सेयर सूचीकृत भएको हो। जसमध्ये एसियन लाइफले २५ प्रतिशत र सबैको लघुवित्तको ३१.०५ प्रतिशत बोनस सेयर वितरण गरेका थिए।