नेप्सेमा पौने १७ लाख कित्ता बोनस सेयर सूचिकृत


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।

बुधबार नेप्सेका अनुसार नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ४० प्रतिशत बोनस बापतको १६ लाख ७६ हजार २ सय १४ दशमलव २१ कित्ता सेयर सूचिकृत भएको हो ।

नेशनल माईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको माघ ६ गते सम्पन्न भएको ८ औँँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई हाल विद्यामान चुक्ता पूँजीको ४० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर समेत गरी) कुल ४५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।