सेयरबजारमा छायो हरियाली, नेप्से परिसूचक ४० अंकले बढ्यो


काठमाडौं । साताको कारोबारको चौथो दिन भने नेप्सेमा हरियाली छाएको छ । केही दिनदेखि सेयरबजारमा गएको पहिरोमा आज भने ब्रेक लागेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयर मापक परिसूचक ४०.६८ अंकले बढेर २५६८.२५ अंकमा पुगेको छ । त्यस्तै राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि ८.१३ अंकले बढेर ४८०.०६ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएको कुल १३ उपसमुहमध्ये सबै उपसमुह बढेका छन् ।

बुधबार नेप्सेमा कारोबार रकमका आधारमा सिद्धार्थ इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ११ करोड २८ लाख २३ हजार ४ सय ६ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन इमर्जिङ नेपाल लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ भने राष्ट्र उत्थान लघुवित्त संस्था लिमिटेड, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था र साम्लिङ पावर कम्पनी लिमिटेडको सेयर सकरात्मक सर्किट लेबलमा कारोबार भएको छ ।

कुल २३२ कम्पनीको ४५ लाख २ हजार ५ सय ११ कित्ता सेयर किनबेच हुँदा २ अर्ब २५ करोड १ लाख १७ हजार २ सय ९६ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।