सेञ्चुरी बैंकको प्रमुख कार्यकारी अधिकृतमा न्यौपाने नियुक्त


काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा मनोज न्यौपाने नियुक्त भएका छन् ।

बुधबार बसेको संचालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत पदमा ४ वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।

न्यौपाने यसअघि सेञ्चुरी बैंकमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए ।

काठमाण्डौं विश्वविद्यालयबाट एमबीएमा स्नातकोत्तर गरेका न्यौपानेको बैंकिंङ्ग क्षेत्रमा १९ वर्षभन्दा बढीको अनुभव रहेको छ ।