धितोपत्र बोर्डले दियो २ हाइड्रोपावरलाई आइपीओ निष्काशनको अनुमति


काठमाडौं । नेपाल धितोपत्र बार्डले दुई जलविद्युत कम्पनीलाई आइपीओ निष्काशन गर्न अनुमति प्रदान गरेको छ । बोर्डले मन्दाकिनी हाइड्रोपावर र सयपत्री हाइड्रोपावर लिमिटेडलाई आयोजना प्रभावित र सर्वसाधारणका लागि आइपीओ निश्कासन गर्न अनुमति दिएको छ ।

बोर्डले मन्दाकिनी हाइड्रोपावर लिमीटेडलाई १७ करोड ६४ लाख रुपैयाँ बराबरको साधारण सेयर आयोजना प्रभावित र सर्वसाधारणका लागि जारी गर्न पाउने गरी स्वीकृति दिएको हो ।

त्यसैगरी बोर्डले सयपत्री हाइड्रोपावर लिमीटेडलाई पनि आइपीओ निश्कासनको अनुमति दिइएको छ । यो कम्पनीले ९ करोड रुपैयाँ बराबरको आइपीओ आयोजना प्रभावित र सर्वसाधारणलाई निश्कासन गर्ने अनुमति पाएको हो ।

सयपत्री हाइड्रोले उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटललाई नियुक्त गरेको छ । मन्दाकिनी हाइड्रोले सेयर निश्कासन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटललाई नियुक्त गरेको छ ।

दुवै कम्पनीले आफ्नो जारी पूँजीको ३० प्रतिशतले हुन आउने बराबरको सेयर आयोजना प्रभावित र सर्वसाधारणलाई बिक्री गर्न लागेका बोर्डले जनाएको छ ।