प्राइम कमर्सियल बैंकले ५ अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्दै


काठमाडौं । प्राइम कमर्सियल बैंकले ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले यही जेठ २१ गतेबाट रु. ५ अर्बको ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको हो ।

प्राइम बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ भएको ऋणपत्र जारी गर्नै भएको हो। कुल इकाइमध्ये बैंकले ३० लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी २० लाख इकाइ सर्वसाधारण (सामूहिक लगानी कोषबाट कुनै पनि आवेदन प्राप्त नभएको) लाई बिक्री गर्नेछ ।

यो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाइ र अधिकतममा १० लाख इकाइका लागि आवेदन दिन सक्नेछन् । ऋणपत्र निष्कासन बन्द छिटोमा असार ३ गते र ढिलोमा असार १४ गते बैंकिङ समयपछि हुनेछ ।

बैंकले उक्त ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ ।

लगानीकर्ताले यो ऋणपत्रमा नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ।

यो ऋणपत्र ५ वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक १०.१५ प्रतिशत ब्याज पाउनेछन्। यस ऋणपत्रको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।