सेयर लगानीकर्ताले ४ बुँदे मागसहित बुझाए ज्ञापनपत्र


काठमाडौं । नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलको नेतृत्वमा सेयर लगानीकर्ताहरूले प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटेका छन्।

आइतबार प्रधानमन्त्रीसँग भेटवार्ता गरेका लगानीकर्ताहरुले बजार विकासको लागि ४ बुँदे माग सहित ज्ञापनपत्र बुझाएका छन् ।

संघले बुझाएको ज्ञापनपत्रमा शेयर धितोमा लगाइएको ४ करोड र १२ करोड रुपैंयाँको क्याप हटाउनुपर्ने, सीसीडी रेसीयोलाई पुनः सीडी मै कायम गर्नुपर्ने, भारित औषध दर १०० नै कायम गरिनुपर्ने, शेयर बजारलाई देशव्यापी विस्तार गर्न सातै प्रदेश र ७७ वटै जिल्लामा रहेका बैंकहरुलाई ब्रोकर लाइसेन्स दिनुपर्ने उल्लेख गरिएको छ ।

निरन्तर बजारमा आएको गिरावटले लगानीकर्ताहरु मारमा पर्नुका साथै आन्दोलीत हुने अवस्था आएका कारण समस्या समाधानको पहल गरिदिन आग्रह गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाईएको संघकी अध्यक्ष पोखरेलले बताइन् ।

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले सम्बन्धीत निकायसँग समन्वय गरी समस्या समधानका लागि आवश्य पहल गरिदिने प्रतिवद्धता व्यक्त गरेको पोखरेलले जानकारी दिइन् ।

रासस