सेयर बजार सुधार गर्न चार सदस्यीय सुझाव समिति गठन


काठमाडौं । सेयर बजारको बिग्रदो अवस्थामा सुधार ल्याउनका लागि आवश्यक सुझाव दिन चार सदस्यीय सुझाव समिति गरिएको छ । अर्थमन्त्री जनार्दन शर्माले समिति गठन गरिएको जानकारी दिएका हुन्।

धितोपत्र बोर्डको ३० औं वार्षिक साधारण सभामा बोल्दै शर्माले सरकार सेयर बजारमा लगानी गरेका हजारौं लगानकर्ताप्रति गम्भीर रहेको बताए । उनले समितिले दिएको सुझाव अनुरुप सेयर बजारको सुधारका लागि थप कदम लिइने बताए ।

अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र धितोपत्र बोर्डबाट एक/एक जना सदस्य बाेर्डकाे नेतृत्वमा समिति गठन गरिएकाे हाे । बजेटले धिताेपत्रका विषय प्राथमिकतामा राखेकाे उनले बताए ।