एनएमबि बैंकले दियो किसानलाई वित्तीय साक्षरता तालिम


काठमाडौं । एनएमबि बैंकले १५० कृषकलाई वित्तीय साक्षरता तालिम दिएको छ । बैंकले सर्लाही लालबन्दीका तरकारी उत्पादक कृषकलाई तालिम दिएको हो ।

कृषकहरुलाई बचत, लगानी, कर्जा तथा बैंक बाट प्राप्त गर्न सकिने सेवा सुविधाहरुको बारेमा वित्तीय शिक्षा प्रदान गरेको बैंकले जनाएको छ ।

बैंकको लघुवित्त विभाग तथा शाखा कार्यलय लालबन्दीद्धारा उक्त कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमले किसानहरुमा बित्तीय ज्ञान प्राप्त भई आत्मनिर्भर बनाई समग्र अर्थतन्त्रलाई सकारात्मक प्रभाव पर्ने बैंकले विश्वास लिएको जनाएको छ ।

लालबन्दीमा १ हजार ५०० किसानहरुले प्रत्यक्ष रुपमा व्यवसायीक तरकारी खेती गरिराखेका छन् ।