दहि चिउरा खाने दिनमा ‘डेरी फूड फेष्टिवल’ मनाउदै डेरी उद्योग संघ


काठमाडौं । स्वदेशी दूध तथा दुग्धजन्य पदार्थहरुको खपत अभिवृद्धि गर्ने उद्देश्यले डेरी व्यवसायीको छाता संगठन डेरी उद्योग संघले डेरी फूड फेष्टिवल मनाउने भएको छ ।

असार १५ अर्थात दहि चिउरा खाने दिनको अवसर पारेर राखिएको कार्यक्रम राष्ट्रिय दुग्ध विकास बोर्ड संगको सहकार्य तथा डेरी उद्योग संघको आयोजनामा गर्न लागिएको हो ।

अनमोल व्याकेट शंखमुलमा आयोजना गरिएको कार्यक्रममा डेरी फूड फेष्टिवलमा दूध तथा खाद्य विज्ञको कार्यपत्र, दुग्धजन्य पदार्थहरुका परिकारको प्रत्यक्ष पक्वान सहभागीलाई निशुल्क वितरण हुने डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले जानकारी दिए ।

“दहि चिउरा खाने दिनलाई राष्ट्रिय पर्वका रुपमा मनाउन आम उपभोक्तालाई सचेतना जगाउदै दूधजन्य उत्पादनको खपत बढाउन यस्ता कार्यक्रमको आवश्यकता महसुस गरेर डेरी फूड फेष्टिवल आयोजना गरेका हौँ,” अध्यक्ष दाहालले भने ।