किङ्ग लङ्गको विद्युतीय माइक्रो बस नेपाली बजारमा


काठमाडौं । किङ्ग लङ्ग विद्युतीय माइक्रो बस किङ्गविन एक्सएमक्यु ६५२० ईभी नेपालमा सार्वजनिक भएको छ । नेपालका लागि किङ्ग लङ्गका आधिकारिक विक्रेता इको भिजनरी प्रा. लि. विद्युतीय माइक्रो बस सार्वजनिक गरेका हो ।

कम्पनीका अनुसार किङ्ग लङ्गले आफ्ना उद्योग मार्फत बार्षिक एक लाख बस तथा माईक्रो बस उत्पादन गर्ने गरेको छ । गाडी सर्वजनिक गर्दै इको भिजनरीका प्रा. लि का अध्यक्ष उमेश श्रेष्ठले विश्वभर विद्युतीय गाडीलाई प्रथामिकता दिएको तर नेपालमा नेपाल सरकारले पटकपटक बढाएको विद्युतीय गाडीको भन्सार शुल्कले गर्दा नेपालमा विद्युतीय गाडी महग्गो भएको गुनासो गरे ।

उनले नेपाल सरकारले विद्युतीय सवारीलाई साधानलाई प्रथामिकता दियो भने कुनै पनि राष्ट्रहरुसँग पेट्रोलियम पर्दाथको लागि हात जोड्न नपर्ने र नगरिकलाई सहज हुने बताए ।

कम्पनीका अनुसार किङ्ग लङ्गले सार्वजनिक यातायातका साधानको रुपमा प्रयोग हुने बस उत्पादन चीनकै सर्वाधिक ठूलो उत्पादकको रुपमा परिचित रहेको छ । १९८८ मा स्थापना भएको कम्पनीले १३० देशहरुमा आफ्ना उत्पादनहरु निर्यात निर्यात गर्दै आइराखेको छ ।

किङ्ग लङ्ग विद्युतीय माइक्रो बस किङ्गविन एक्सएमक्यु ६५२० ईभीको १४ सिट क्षमता रहेको यो माईक्रोबस १ सय किलोमिटर प्रतिघण्टा गुड्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार ५० किलोवाट आवरको ब्याट्री जडान भएको यस माइक्रोमा एक पटकको फुल चार्जमा २५० किलोमिटर चलाउन सकिन्छ ।