सबैभन्दा बढी हिस्सा ओटगेको खाद्य उद्योगको उत्पादन ७१ अर्ब ९ करोड रुपैयाँ


काठमाडौं । नेपालको औद्योगिक क्षेत्रमा सबैभन्दा धेरै हिस्सा खाद्य उद्योगको रहेको देखिएको छ । केन्द्रिय तथ्यांक विभागले गरेको औद्योगिक सर्भेक्षणमा नेपालमा सबैभन्दा धेरै खाद्य उत्पादन कम्पनी रहेको र सबैभन्दा कम विद्युत उत्पादन कम्पनी रहेको जनाएको छ ।

विभागले आर्थिक वर्ष २०७५÷७६ मा गरेको राष्ट्रिय औद्योगिक सर्वेक्षणले नेपालमा खाद्य उत्पादन कम्पनी १५ हजार ८७१ रहेको उल्लेख गरेको छ । नेपालमा कुल ग्राहस्थ उत्पादनमा सहयोग गर्ने शिर्ष १० औद्योगिक क्षेत्रमध्ये सबैभन्दा बढि खाद्य उत्पादन उद्योगको हिस्सा रहेको छ । नेपालको खाद्य उत्पादन ७१ अर्ब ९ करोड रुपैँया रहेको तथ्यांकले उल्लेख गरेको छ ।

कुल ग्राहस्थ उत्पादन ९जीडीपीमा औद्योगिक उत्पादनको हिस्सा भने ५.६५ प्रतिशत रहेको छ । अध्ययन नेपालमा कुल ६० हजार १८५ उद्योग रहेको देखाएको छ । त्यसमा सबैभन्दा बढि उत्पादन कम्पनीहरु रहेका छन् । उत्पादन कम्पनी ५६ हजार ६११ रहेको प्रतिशतको आधारमा यसको हिस्सा ९४.१ प्रतिशत रहेको छ । सबैभन्दा कम हिस्सा खनिज तथा उत्पादनको रहेको उल्लेख छ । यसको हिस्सा ०.६ प्रतिशत ३६५ उद्योग मात्र रहेका छन् ।

सबैभन्दा बढि रोजगार दिने पनि उत्पादन उद्योग रहेको छ । उत्पादनमुलक उद्योगमा ४ लाख ४४ हजार ९६४ जना आबद्ध छन् भने ३ लाख ४६ हजार १४३ जनाले रोजगार पाएका छन् । ३ लाख ४६ हजार १४३ जना बाहेर अरु आफन्त र प्रोपाइटर रहेको कारण अन्यको रोजगार गणना नगरेको तथ्यांक विभागले जनाएको छ ।

अध्ययनले सबैभन्दा कम उद्योग भने उर्जा क्षेत्रका रहेको देखाएको छ । उर्जा क्षेत्रका उद्योग ९९४ उद्योगमात्र रहेका छन् । उर्जा उद्योग सबैभन्दा कम रहेपनि यसले ३३ अर्ब ६ करोड रुपँयाको उत्पादन गरेको छ । जीडीपी विद्युत, ग्यास, बाफ तथा वातानुकुलित सेवाको हिस्सा १।३७ हिस्सा रहेको छ ।

विभागले आर्थिक २०७५÷७६ लाई आधार मानेर खनिज तथा उत्खनन, औद्योगिक उत्पादन, विद्युत, ग्यास, बाफ तथा वातानुकुलित सेवा, र पानीको आपुर्ति ढल निकास, फोहोर व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकलापहरु बारे अध्ययन गरेको थियो । विभागले १० वा १० भन्दा वढी कामदार भएका उद्योग प्रतिष्ठानहरुको पूर्ण गणना विधि र ९ जना सम्म कामदार भएका उद्योगहरुको हकमा नमूना छनौट विधि अपनाएको जनाएको छ ।