कामना सेवा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा विनय दाहाल नियुक्त


काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा विनय दाहाल नियुक्त भएका छन् ।

विगत ५ वर्षदेखि एनएमबि बैंकको रही काम गर्दै आएका दाहाल पछिल्लो २ वर्षदेखि बैंकको व्यापार तथा योजना प्रमुखको जिम्मेवारी वहन गर्दै आएका थिए । उनले एनआईसी एशिया बैंक तथा नबिल बैंकसँग आवद्ध भएर पनि काम गरी सकेका छन् ।

दाहालले बैंकिङ्ग क्षेत्रमा करिब ३ दशक लामो कार्य अनुभव हासिल गरेका छन् ।