नेप्से परिसूचक दोहोरो अंकले बढ्याे, शिवम् सिमेन्टको सर्वाधिक कारोबार


काठमाडौं । साताको कारोबारको तेस्रो दिन पनि सेयरबजारमा हरियाली छाएको छ । मंगलबार नेप्से परिसूचक १६ अंकले बढेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक १६.२० अंकले बढेर २०४५.६३ अंकमा पुगेको छ । यता सेन्सेटिभ परिसूचक पनि २.८० अंकले बढेर ३९१.५६ अंकमा पुगेको छ ।

नेप्सेमा आज कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको सेयर बढेको छ ।

मंगलबार मंगलबार कारोबार रकमका आधारमा शिवम् सिमेन्टको नै सर्वाधिक कारोबार भएको छ । कम्पनीको १५ करोड ९७ लाख ७१ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आजको दिन नेप्सेमा इमर्जिङ नेपाल लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ८.०१ प्रतिशतले बढेको छ ।

त्यस्तै आजको दिन सिभिल बैंक डिबेञ्चर २०८८ का लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन्ु । उक्त डिबेञ्चरको मूल्य ७.७५ प्रतिशतले घटेको छ ।

कूल २१३ वटा कम्पनीको ५७ लाख १३ हजार २ सय ४८ कित्ता सेयर किनबेच हुँदा २ अर्ब २९ करोड ९३ लाख १६ हजार ३ सय २६ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।