सेयर धितो कर्जामा ४/१२ हट्यो, १२ करोडको सीमा यथावत


काठमाडौं । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा ४/१२ को सीमा हटाएको छ ।

चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले सेयर धितो कर्जा सीमा ४/१२ करोड रुपैयाँ कायम रहेको जनाएका छन् ।

गत आर्थिक वर्षको मौद्रिक नीतिमा राष्ट बैंकले एउटा इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाबाट ४ करोड रुपैयाँ र समग्र बैंक तथा वित्तिय संस्थाबाट १२ करोड रुपैयाँ मात्रै कर्जा लिन पाउने व्यवस्था गरेको थियो ।

त्यस्तै सेयर धितो कर्जामा २५ लाख रुपैयाँसम्मका जोखिम भार १०० प्रतिशत गरिएको छ भने त्यहाँभन्दा माथिका लागि १५० नै कायम गरिएको गर्भनर अधिकारीले बताएका छन् ।

गत वर्ष मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा लगाएको सीमाका कारण बजार प्रभावित बनेको थियो ।