काठमाडौं । गणपति बनस्पती र रिलाइन्स स्पिनिङ मिल्सलाई सीएनआई एक्सपोर्ट अवार्डबाट सम्मान गरिएको छ । आइतबार नेपाल उद्योग परिसंघको वार्षिकोत्सबको उपलक्ष्यमा उद्यममशीलतामा पु-याएको योगदान वापत सम्मान गरिएको हो ।
कार्यक्रममा पूर्व अध्यक्ष हरिभक्त शर्मा सीएनआई प्रेसिडेन्टस् अवार्डबाट सम्मानित गरियो । परिसंघको राष्ट्रिय परिषद् सदस्य छायाँ शर्मा, परिसंघको राजश्व समिति, परिसंघ प्रदेश नम्बर एक तथा परिसंघको युवा उद्यमी मञ्चलाई समेत सम्मान गरिएको छ।
![](https://i0.wp.com/www.lumbinisanchar.com/wp-content/uploads/2022/07/pawan-golyan.jpg?resize=720%2C480&ssl=1)
परिसंघले तयार गरेको चालु आर्थिक वर्षको बजेटमा समावेश भएका विषयवस्तुहरुको प्रभावकारी कार्यान्वयन गर्न बजेट कार्यान्वयन योजना प्रधानमन्त्री शेर बहादुर देउवाबाट सार्वजनिक गरिएको छ ।
वाणिज्य तथा आपूर्ती मन्त्री दिलेन्द्रप्रसाद बडू, सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, राज्यमन्त्री उमेश श्रेष्ठ, परिसंघका अध्यक्ष एमिरेट्स सांसद विनोद चौधरीलगायत प्रतिष्ठित, उच्च सरकारी अधिकारीहरु, प्रतिष्ठित उद्योगी व्यवसायीहरुलगायत वार्षिकोत्सवमा उपस्थित थिए ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श लगायत अन्य वस्तुगत संगठनकासमेत प्रमुख तथा प्रतिनिधिहरु कार्यक्रममा उपस्थित थिए ।
![](https://i0.wp.com/www.lumbinisanchar.com/wp-content/uploads/2022/07/ganapati-oil.jpg?fit=2048%2C1365&ssl=1)
प्रतिक्रिया दिनुहोस्