उमेश मानन्धर बने सिप्रदीका उत्कृष्ट मेकानिक


काठमाडौं । सिप्रदी अटोपार्टस प्रा. लि. र टाटा मोटर्स लिमिटेडको आयोजनामा नेपालका १२०० भन्दा बढी मेकानिकहरुको सीप र क्षमताको प्रतिस्पर्धामा बनेपाका उमेश मानन्धर प्रथम भएका छन् । प्रतिस्पर्धामा बनेपाका उमेश मानन्धर प्रथम, बुटवलका अम्बर गुरुङ द्धितीय र काठमाडौंका डेम लामाले तृतीय स्थान हासिल गरेका हुन् । प्रतियोगिता लिखित र मौखिक गरी दुई चरणमा आयोजना गरिएको थियो ।

टाटा मोटर्सका सवारी साधनहरुलाई नेपालका हरेक स्थानबाट मर्मतसभार गर्न सहज होसे भन्रे उदेश्यले स्थानीय मेकानिक्सहरु सँगको सहकार्यमा उक्त कार्यक्रम गरेको हो ।

बजारमा रहेका टाटा गुरुहरुको क्षमताको परिक्षण गरी आवश्यक सुधार गर्नुपर्ने ठाउँहरुको पहिचान गर्नका निमित्त टाटा गुरुहरुको क्षमताको प्रतिस्पर्धा गर्ने कार्यक्रमकोे नाम गुरुक्षेत्र रहेको सिप्रदी अटोपार्टस् प्रा.लि. का वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकीले बताए ।

टाटा मोटर्सका तर्फबाट इन्टरनेशनल विजनेस हेड निल कुमार मिश्रले सम्पूर्ण गुरुहरुलाई धन्यवाद दिदैँ अन्तराष्ट्रिय प्रतिस्पर्धाका लागि शुभकामना व्यक्त गरेका थिए । प्रतिस्पर्धाबाट उत्कृष्ट तीन जनालाई अन्तराष्ट्रिय प्रतिस्पर्धामा पनि पठाइने आयोजकले जनाएको छ ।

उक्त कार्यक्रममा सहभागी सम्पुर्ण मेकानिक्सहरुले टाटा मोटर्स्ले आफूहरुलाई उचित सम्मानका साथ सहकार्यको प्रतिबद्धता गरेकोमा धेरै खुसी रहेको बताएका छन् ।