मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक


काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकको उपदान तथा पेन्सन कोषमा रहको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले १ अर्ब २० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने जनाएको छ ।

बैंकले सूचना निकालेर २०७९ साल भदौ २ गतेदेखि २०८० साल भदौ २ गतेसम्म (३६७ दिन)का मुद्दती निक्षेपमा लगानी गर्न लागेको उल्लेख गरेको छ ।

बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा ९६ करोड रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा १८ करोड रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा ६ करोड रुपैयाँ गरी कूल एक अर्ब २० करोड रुपैयाँ लगानी गर्न लागेको हो ।

बैंक तथा वित्तीय संस्थाले श्रावण १३ गते १० बजेदेखि राती १२ बजेभित्र आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर समेत खुलाएर राष्ट्र बैंकमा पेश गर्नुपर्ने उल्लेख गरेको छ ।