एभरेष्ट बैंकको नाफा बढ्यो


काठमाडौं । एभरेष्ट बैंकले आर्थिक २०७८ ७९ मा २ अर्ब ५४ करोड ६० लाख ५९ हजार रुपैँया नाफा कमाएको छ । बैंकले अघिल्लो वर्षको तुलनामा ४३.६७ प्रतिशतले नाफा बढि कमाएको हो । अघिल्लो वर्ष बैंकले १ अर्ब ७७ करोड ९ लाख ३९ हजार रुपैँया नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी तथा सञ्चालन नाफा बढेपछि खुद नाफा बढेको हो ।

बैंकले निकालेको चौथो त्रैmमासिकको वित्तीय विवरण अनुसार बैंकको वितरण योग्य नाफा ३ अर्ब ८९ करोड ५४ लाख ५४ हजार रुपैँया रहेको छ । नाफाबाट बैंकले सेयरधनीलाई ४१.१५ प्रतिशत लाभांश वितरणको क्षमता राखेको ।
सो अवधिमा बैंकले १ खर्ब ४५ अर्ब ४७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

जसबाट बैंकले ५ अर्ब ४२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको भने १ खर्ब १७ अर्ब ७३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । जुन अघिल्लो आवको भन्दा ३७.१५ प्रतिशत बढी हो । साथै सो अवधिमा बैंकले ७ अर्ब ५ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २४ रुपैँया ०७ पैसा, पीइ रेसियो १६.४६ प्रतिशत, प्रतिसेयर नेटवर्थ १ सय ९२ रुपैयाँ ४६ पैसा, र तरलता अनुपात २८.२४ प्रतिशत रहेको छ ।

बैंकको खराब कर्जा अनुपात ०.५९ प्रतिशत, सीडी रेसियो ८५.१५ प्रतिशत, बेसरेट ८.८१ प्रतिशत र स्प्रेडदर ४.२३ प्रतिशत रहेको छ ।