सयपत्री हाइड्रोपावरले आजदेखि आइपीओ निष्काशन गर्दै


काठमाडौं । सयपत्री हाइड्रोपावरले आज देखि सर्वसाधारणको लागि साधारण सेयर आइपीओ निष्काशन गरेको छ । कम्पनीले १३ साउन शुक्रबारदेखि सर्वसाधारणलाई ७ लाख बढि कित्ता प्राथमिक सेयर आईपीओ बिक्री खुला गरेको हो ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्कासन गरेपश्चात सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरेको छ । कम्पनीले सर्वसाधारणका लागि ७ लाख २१ हजार ६० कित्ता साधारण सेयर निष्कासन गरेको छ ।

आयोजना प्रभावित स्थानीयलाई निष्कासन गरेर बिक्री नभएको १ लाख २१ हजार ६० कित्ता समेत गरी सात लाख २१ हजार ६० कित्ता साधारण सेयर निष्कासन खुला गरेको हो ।

जसमध्ये ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई र १४ हजार ४२१ कित्ता कर्मचारीका लागि सुरक्षित गरेको छ। बाँकी रहेको ६ लाख ७० हजार ५८६ कित्ता सेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरेको हो ।

कम्पनीले उक्त आईपीओ निष्कासनका तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेब तथा मोबाइल एपमार्फत पनि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा छिटोमा १७ साउन र ढिलोमा २७ साउनसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ३० हजार कित्ताका सेयरका लागि आवेदन दिन सक्नेछन् ।