धौलागिरी लघुवित्तको सार्वजनिक सेयर साउन २४ देखी निश्कासन हुँदै


काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २४ गते देखी सार्वजनिक शेयर (आईपीओ) निश्कासन गर्नेे भएको छ । लघुवित्तले प्रतिसेयर १०० रुपैँया अंकित मूल्यका कुल ३ करोड ३१ लाख रुपैँया बराबरको ३ लाख ३१ हजार कित्ता आईपीओ जारी गर्न लागेको हो ।

बिक्री प्रबन्धकमा सनराईज क्यापिटल लिमिटेड रहेको छ । हाल उक्त कम्पनीको चुक्ता पुँजी ७ करोड रुपैँया रहेकोमा सार्वजनिक शेयर निश्कासन पश्चात १० करोड ३१ लाख पुग्ने छ । हाल ७ करोड पुँजी रहेको कम्पनीको अपरिस्कृत वित्तीय विवरण बमोजिम जगेडा तथा कोषमा रु ११ करोड रहेको छ । जसबाट प्रतिशेयर नेटवर्थ २५७ रुपैँया हुन आउँछ ।

लघुवित्तले ५ हजार १५५ कित्ता कर्मचारीहरुको लागि, १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषको लागि छुट्टाएको छ भने ३ लाख ८ हजार २९५ कित्ता सेयर खरिदको लागि सर्वसाधारले आवेदन दिन सक्ने जनाइएको छ ।

हाल उक्त लघुवित्त कम्पनीले ४४ वटा शाखा कार्यालयबाट सेवा विस्तार गर्दै आईरहेको छ । जसबाट करिब ३६,०००÷– ग्राहक सदस्यहरु मार्फत कुल १४४ करोड कर्जा विस्तार र ६८ करोड बचत संकलन गरेको छ । आ.ब. २०७८÷०७९ को अपरिस्कृत वित्तीय विवरण बमोजिम उक्त कम्पनीको पैसा प्रतिशेयर आम्दानी ३७.२५ पैसा रहेको छ ।