नेप्से परिसूचक झिनो अंकले बढ्यो


काठमाडौं । सोमबार नेप्से परिसूचक झिनो अंकले बढेको छ । आइतबार ५४ अंकले बढेको नेप्से परिसूचक सोमबार १.१५ अंकले बढेको हो । सोमबार नेप्से परिसूचक १.१५ अंकले बढेर २१९६.२५ अंकमा पुगेको छ भने नेप्से परिसूचक १.९४ अंकले बढेर ४२१.१४ अंकमा पुगेको छ ।

सोमबार कारोबार भएको १३ उपसमुहमध्ये बैंकिङ, टे«ेड्रि«ङ, हाइड्रोपावर, म्यानुप्mयाक्चर र इन्भेष्टमेन्ट बढेको छ भने अरु उपसमुह घटेका छन् । सर्वाधिक कारोबार रकमको आधारमा शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३८ करोड ३१ लाख ११ हजार रुपैँया बराबरको कारोबार भएको हो ।

सोमबार सर्वाधिक बुटवल पावर कम्पनी लिमिटेडका लगानीकर्ताले कमाएका छन् भने राष्ट्रिय बिमा कम्पनीको प्रोमोेटर सेयरका लागानीकर्ता गुमाएका छन् । कुल २१७ कम्पनीको १ करोड ५ लाख १८ हजार ७१२ सेयर कारोबार हुँदा ४ अर्ब ६७ करोड ७ लाख ९८ हजार ७५६ रुपैँया बराबरको कारोबर भएको नेप्सेले जनाएको छ ।