दुई हप्तामा ९१ अर्ब रूपैँया निक्षेप घट्यो


काठमाडौं । नयाँ आर्थिक वर्ष लागेको दुई हप्तामा बैंक तथा वित्तीय संस्थाबाट ९१ अर्ब रुपैँया निक्षेप घटेको छ । नयाँ आर्थिक वर्ष लागेसँगै बैंक तथा वित्तीय संस्थाबाट निक्षेप घट्दै गएको छ । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार साउन ६ गते सम्म ४४ खर्ब ७८ अर्ब रुपैँया रहेकोमा साउन १३ गतेसम्म २८ अर्ब घटेर ४४ खर्ब ५० अर्बमा झरेको हो ।

साउनकोे दोस्रो हप्ता पनि कर्जा प्रवाह घटेको छ । कर्जा प्रवाह पहिलो हप्ता १० अर्बले घटेको थियो भने दोस्रो हप्ता १ अर्बले घटेको संघले जनाएको छ । साउन ६ गतेसम्म ४१ खर्ब ६५ अर्ब रुपैँया कर्जा प्रवाह गरेकोमा साउन १३ गतेसम्म ४१ खर्ब ६४ अर्ब रुपैँया कर्जा प्रवाह गरेको उल्लेख गरेको छ । बैंकहरुको कर्जा निक्षेप अनुपात ८७.८७ रहेको छ ।